front full 2nd add Top

माघ । सबैलाई सधै स्वस्थ रहने चाहना हुन्छ । मानिसहरू खानपान तथा व्यायामको माध्यमबाट स्वस्थ रहने प्रयास गर्छन् । यति हुँदाहुँदै पनि स–साना शारीरिक लक्षण देखा परेमा बेवास्ता गरिन्छ तर पछि यही समस्याले ठूलो बिरामीको रूप लिनसक्छ । त्यसैले स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ ।
४० वर्षभन्दा पहिले सेतो केश स् केश सेतो हुनु बढ्दो उमेरको लक्षण हो । हिजोआज केही स्वास्थ्य समस्याका कारण पनि कम उमेरमै केश सेतो हुन्छ । ४० वर्षको उमेरपछि केश सेतो हुन थाल्नु सामान्य भए पनि ३० वर्षभन्दा पहिले आधा केश सेतो भएमा मधुमेहको कारण हुनसक्छ । त्यसैले सुगर लेबल जाँच गराउनुपर्छ ।