front full 2nd add Top

फाईल तस्विर

हामि प्राय केहि नेपाली समुदाय अर्थात जो कोहि हामिले केहि खानेकुराहरु सेलाएमा फेरि तताएर खाने चलन छ । कतिपय सेलाएमा तताएर नै खाने चलन छ । तर यस्ता थुप्रै खाना छन् जसलाई दोस्रो पटक तताएर खानुहुँदैन । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।

विशेषज्ञको भनाई अनुसार एकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । क्यान्सर स्पेशलिष्ट डा। एन। गणेशका अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक समस्या पैदा हुन सक्छ ।

भातः

भात पकाउँदा बेसिलस सेरियम ब्याक्टेरिया पैदा हुने गर्दछ ।

के हुन्छ

भातलाई दोस्रो पटक तताउँदा  यसमा हुने ब्याक्टेरियाको संख्या दुई गुणा बढ्ने गर्दछ जसका कारण झाडा लाग्नसक्छ ।

आलूः

आलू उसिनेर चिसो हुने क्रममा यसमा बोटुलिज्म ब्याक्टेरिया जम्मा हुन थाल्छ ।
के हुन्छरु

दोस्रो पटक तताएर खाँदा उक्त ब्याक्टेरियाको संख्या बढ्छ जसले फुड प्वाइजनिङ हुनसक्छ ।

चियाः

यसमा टोनिक एसिड हुन्छ जसले शरिरमा टक्सिन बन्न थाल्छ ।

के हुन्छ रु

दोस्रो पटक तताएर पिउँदो एसिडको मात्रा बढ्छ जसले कलेजोमा समस्या निम्त्याउन सक्छ ।

पालुङ्गोः

यसमा नाइट्रेट्सको मात्रा अत्यधिक हुन्छ ।

के हुन्छ

दोस्रो पटक तताएर खाँदा नाइट्रेट कार्सिनोजेनिकमा परिवर्तन हुन्छ जसले टक्सिन पैदा गर्दछ ।

खाने तेलः

यसमा एल्डिहाइड्स हुन्छ ।

के हुन्छ

दोस्रो पटक तताउँदा तेलमा टक्सिन पैदा हुन्छ जसले क्यान्सरको सम्भावना बढ्ने गर्दछ ।

चिकनः

यसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ ।

के हुन्छ रु

यसलाई दोस्रोपटक तताउँदा प्रोटिनको संरचनामा परिवर्तन आउँछ जसले पाचनमा समस्या निम्त्याउँछ ।

अण्डाः

यसमा प्रोटिन र एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ ।

के हुन्छ रु

दोस्रो पटक तताएर खाँदा टक्सिन पैदा हुने गर्दछ जसले पाचन क्रियामा गडबडी निम्त्याउँछ ।

च्याउः

यसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ ।

के हुन्छ

दोस्रोपटक तताएर खाँदा प्रोटिनको संरचनामा परिवर्तन आउने गर्दछ । यो खाँदा पाचन क्रियामा गडबडी निम्तिने गर्दछ ।

 

sd addback 1st