front full 2nd add Top

फाईल तस्विर

कतिपय मानिसहरुमा अण्डाको पहेंलो भागले स्वास्थ्यमा नराम्रो असर पुर्याउने भन्ने खालको कुरा भेटिन्छन् । त्यसकारण सेतो भाग खान रुचाउँछन् । तर अण्डाको पहेंलो भागमा प्रोटिनलगायतका अन्य पौष्टिक तत्व अण्डाको सेतो भागभन्दा धेरै हुने गर्दछ । विशेषगरी वयस्क पुरुषले अण्डाको पहेंलो भाग खान आवश्यक छ, यस्तो छ कारणः

अण्डाको पहेंलो भागमा ओमेगा–थ्री फ्याटी एसिडको मात्रा अत्यधिक हुने गर्दछ । यसले शुक्राणुको संख्या बढाउँछ ।

यसमा ‘कपर’ हुन्छ जसले तालु खुइलिनबाट जोगाउँछ ।

अण्डाको पहेंलो भागमा प्रोटिन हुन्छ यसले मांसपेशी बलियो हुन्छ र एब्स बनाउन फाइदाजनक हुन्छ ।

यसमा भिटामिन ‘डि’ हुन्छ जसले हड्डी बलियो बनाउँछ ।

अण्डाको पहेंलो भागमा कोलिन हुन्छ जसका कारण दिमाग तिखो हुन्छ र स्मरण शक्ति बढ्छ ।

यो खाँदा आँखा तेजिलो हुन्छ ।

अण्डाको पहेंलो भागमा आइरन हुन्छ । यसले रक्तअल्पत्ताबाट जोगाउँछ ।

यसमा ‘गुड’ कोलेस्ट्रोल हुन्छ जसले मुटुको रोगबाट बचाउनका लागि प्रभावकारी भूमिका खेलेको हुन्छ ।

अण्डाको पहेंलो भागमा फस्फरस हुन्छ जसले दाँत बलियो बनाउँछ ।

यसमा भिटामिन ‘के’ हुन्छ जसले क्यान्सरबाट बचाउन सहयोगी भूमिका खेल्दछ ।