front full 2nd add Top

फाईल तस्विर

कतिपय मानिसहरु आफ्नो व्यस्त दैनिकी वा कुनै अन्य कारणले घण्टौंसम्म पिसाब रोकेर बस्ने गर्दछन् । तर दुई वा तीन घण्टाभन्दा धेरै समयसम्म पिसाब रोकर राख्दा थुप्रै प्रकारका स्वास्थ्य समस्या देखिने गर्दछ । लामो समयसम्म पिसाब रोकेर राख्दा हुने नोक्सानीबारे यहाँ जानकारी दिइएको छ ।

मृगौला पत्थरीः

पिसाबमा युरिया र एमिनो एसिडजस्ता टक्सिन तत्व हुन्छन् । यदि हामीले नियमित लामो समयसम्म पिसाब रोकेर राख्छौं भने यो मृगौलासम्म पुगेर पत्थरीको समस्या निम्त्याउन सक्छ ।

मूत्र नलीको संक्रमणः

लामो समयसम्म पिसाब रोक्दा पिसाब थैलीमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । यो ब्याक्टेरिया मूत्र नली संक्रमणका लागि जिम्मेवार हुन्छ ।

पिसाब थैली सुन्निनेः

लामो समयसम्म पिसाब रोकेर बस्दा पिसाब थैली सुन्निन थाल्छ । यस्तोमा पिसाब फेर्ने समयमा निकै पीडा पनि हुनसक्छ ।

मृगौलाले काम गर्न बन्द गर्छः

धेरैसमयसम्म पिसाब रोक्दा मृगौलामा दबाब पर्छ । यसका कारण मृगौलाले पूर्ण रुपमा काम गर्न नै बन्द गरिदिन सक्छ ।

पिसाबको रंग परिवर्तन हुनुः

लामो समयसम्म पिसाब रोकेर राख्दा पिसाबमा ब्याक्टेरिया बन्न थाल्छ । यसका कारण पिसाबको रंग गाढा र गन्धयुक्त हुने गर्दछ ।

मांसपेशी कमजोर हुनुः

यसो गर्दा मूत्र थैली तन्किने गर्दछ । यस्तोमा थैलीको मांसपेशी कमजोर हुन थाल्छ भने पीडा पनि हुन थाल्छ ।
पिसाबको रंगबाट रोगको संकेतः

गाढा पहेंलो रंगः

यो रंगले कलेजो, जन्डिस र रगतको कमीको संकेत गर्दछ । थुप्रै पटक औषधीका कारण पनि यसको रंग गाढा हुने गर्दछ ।

गाढा रातोः

यो रंग मलेरिया वा मृगौलाको खराबीको संकेत हुनसक्छ ।

दुधजस्तो सेतो रंगः

यो रंग पिसाबमा धेरै ब्याक्टेरिया हुनु, एलर्जी र मृगौला पत्थरीको संकेत हुन सक्छ ।

रातोः

यो रंग मृगौला पत्थरी वा ट्युमरको संकेत हुनसक्छ । औषधीको असरका कारण पनि पिसाबको रङ रातो हुनसक्छ ।

निलोः

यो रंग पिसाबमा धेरै मात्रामा ब्याक्टेरिया हुनुको संकेत हुनसक्छ । थुप्रै पटक पिसाबको निलो रङ कृत्रिम रंङ खाँदा पनि हुने गर्दछ ।

गाढा खैरो रंगः

यो रंग कलेजोको खराबी वा जन्डिसको संकेत पनि हुनसक्छ ।

चकलेट रंगः

यो रंग पत्थरी, मृगौलामा रगत जम्नु वा ट्युमरमा जमेको रगत पिसाबमा आएको संकेत हुनसक्छ ।

sd addback 1st