front full 2nd add Top

द आइकन इज ब्याक’ – यसवर्ष आफ्नो १७ वर्ष पुरानो मोबाइल सेटलाई दोस्रोपटक सार्वजनिक गरेर नोकिया पुनः चर्चामा आएको छ ।

उक्त पुरानो ह्यान्डसेट ३३१० को सर्वव्यापी चर्चा भइरहेको छ । यो ह्यान्डसेट पहिलो पटक सन् २००० मा सार्वजनिक गरिएको थियो ।

संसार स्मार्टफोनको विषयमा ठूलो स्क्रिन भएको इन्टरनेटमा बाँच्ने फोनतर्फ लम्किरहेका बेला वर्षौंपछि सार्वजनिक गरिएको टु जी नेटवर्कमा चल्ने यो फोनको फिर्तीले संकेत गर्दछ कि पुरानो प्रविधिप्रति मानिसहरुको चासो पनि कम छैन ।

आइडीसीको सन् २०१६ को तेस्रो त्रैमासिक आँकडालाई हेर्ने हो भने यस्तो लाग्छ कि फिचरको बजार अहिले पनि बाँकी छ र सायद यहि कारणले यो फोनलाई दोस्रो पटक बजारमा सार्वजनिक गरिएको हो ।

प्रविधिको क्षेत्रमा भइरहेको तेज विकासका कारण पछिल्ला वर्षमा मानिसहरुमा बिस्तारै पुरानो प्रविधिप्रति प्रेम बढिरहेको विज्ञहरुको दाबी छ ।

‘द मिलेनियम सीइओ’ का लेखक ड्यानियल न्यूम्यानका अनुसार कुनै पनि ग्याजेट ह्याकिङबाट बच्न सक्दैन । तर नयाँ प्रविधियुक्त ग्याजेट यो विषयमा अत्यधिक कमजोर छ ।

वास्तविक कुरा त के हो भने हामी अब फोनसँग सम्बन्धित कुरातर्फ आकर्षित भइरहेको छौं र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात रोबोर्टस्को कुरा गर्न थालेका छौं । तर यो कुरा पनि वास्तविक हो कि सुरक्षा एउटा ठूलो मुद्दा बनिरहेको छ । यति ठूलो कि विभिन्न देशका सरकार अब यो विषयमा निकै सशंकित भइरहेका छन् ।

अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले इन्टरनेटसँग जोडिएका कुराहरु ह्याक हुने सम्भावना अत्यधिक हुने भएकाले यसमा सावधानी अपनाउनुपर्ने कुरा पहिले नै सुशुचित गरिसकेको छ ।

सन् २०१३ मा रुसी सरकारमा सुरक्षाका लागि जिम्मेवार एजेन्सीले टाइपराइटर किन्नका लागि विज्ञापन दिएको थियो ।

यो विज्ञापन रुसी सरकारको वेबसाइटमा छापिएको थियो । व्हिसलब्लोअर एडवर्ड स्नोडेन र विकिलिक्सबाट प्रभावित भएर महत्वपूर्ण जानकारीको सुरक्षाका लागि एजेन्सी कम्युटरको सट्टा पुरानो टाइपराइटको प्रयोग गर्न रुसले चाहेको थियो ।

यो पाइला पछ्याउनेमा रुस पहिलो देश भने होइन । अमेरिकी सुरक्षा एजेन्सी एनएसएमाथि सन् २०१४ मा जासूसीको आरोप लगाइरहेको जर्मनी पनि इमेल र फोनका साथै सुरक्षाको हिसाबले टाइपराइटरको प्रयोगमाथि विचार विमर्श गरिरहेको थियो ।

अमेरिकासँग यस्ता चार विशेष विमान छन् जसमा सरकारका सिमित नेता र केही अधिकारी थुप्रै दिनसम्म हावामा नै बस्न सक्ने खबर फैलिएको छ । परमाणु युद्धबाट बच्नका लागि यी विमान तयार गरिएको हो जसलाई ई(द्धबी  वा डुम्सडे प्लेन भनिन्छ ।

केही वर्ष पहिले यस्तै विमानबारे गिजमोडूले लेखेकमा थिए – विमानको ककपिटमा नयाँ प्रविधिको ठाउँमा पुरानो एनालग सिस्टमको प्रयोग गरिएको छ किनभने इलेक्ट्रोम्याग्नेटिक ग्रेडिएशनका कारण नयाँ प्रविधिले काम गर्न बन्द गर्नसक्छ ।

क्वान्टम मेकानिक्समाथि आफ्नो कामका लागि चर्चित स्टिफन हकिंग्स स्पेस एक्स र टेस्ला कम्पनीका मालिक एलन मस्क, एप्पल कम्पनीका सह–संस्थापक स्टिभ वाजनियक र आर्टिफिसियलमा काम गर्ने सयभन्दा बढि जानकारले यसको खतराबारे पहिले देखि नै चेतावनी दिइसकेका छन् ।

सन् २०१५ मा जारी गरिएको एक खुल्ला चिट्ठीमा यो जानकारले यसको फाइदाभन्दा बढि बेफाइदा भएको जानकारी दिएका थिए ।

योभन्दा पहिले स्टिफन हकिंग्सले भनेका थिए – आर्टिफिसियलले मानव जातीको विनाश गर्न सक्छ ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि यसबारे चिन्तित हुनु स्वभाविक हो भन्ने अभिव्यक्ति दिएका छन् ।

बोइंगले त सुरक्षाको मुद्दालाई यति धेरै महत्वपूर्ण बनाइसकेको छ कि कम्पनीले सन् २०१४ मा लञ्च गरेको एक फोनमा जर्बजस्ती ताकत लगाएर खोल्न कोसिस गर्दा यसले आफै आफ्नो डाटा हटाइदिने विशेषता राखिएको थियो ।

एप्पलको आइफोनमा पनि केही यस्ता विशेषता दिइएको छ जहाँ थुप्रै पटक पासवर्ड राखेर खोल्ने कासिस गर्दा फोनले आफैं आफ्नो डाटा हटाइदिने गर्दथ्यो । यसैकारण एफबीआईको स्यान बर्नारडिनोका हमलाकर्ताले आइफोन ह्याक गर्नका लागि बाहिरी कम्पनीको मद्दत लिनुपरेको थियो ।

जानकार स्विकार गर्छन् कि आधुनिक ग्याजेट खतरायुक्त छ । यो निकै चाँडै ह्याक हुनसक्छ जसका कारण तपाईंलाई निकै हानी हुनसक्छ । जसका कारण थुप्रै मानिसहरु पुरानो प्रविधितर्फ आकर्षित भइरहेका छन् ।

तर अब प्रविधि यति अगाडि बढिसकेको छ कि साधारण मानिसहका लागि पछाडि फर्कनु लगभग असम्भव जस्तै छ ।