front full 2nd add Top

फाईल-फोटो

काठमाडौं । अवकाशप्राप्त डिआइजी पार्बती थापा मगर लाई म ब्यक्तिगत रुपमा चिन्दिन तर इमानदारीपुर्बक एक सक्षम राष्ट्रसेवक भएर हुदाहुदै,गर्दागर्दै पनि पुरुषबादी सङ्किर्णताले ग्रस्त भै एक महिला,त्यसमाथि पनि थेप्चो र चिम्सोको आँखा,नाकको लम्बाइलाई आधार मानेर मुल्यांकन गरेर जसरी बर्षौंदेखि गरिंदै आएको अन्याय,विभेदले राज्य र कानुनका ठेकेदार,पहारेदार हुँ भन्नेहरूले गर्दै आइरहेका छन । त्यो बिभेदको खाडल देखेर म चुपचापले बस्न अब सक्दिन र आज यसै विभेदको खाडल बिरुद्ध आवाज उठाउन म पुगेको छु ।
यस बिषयमा धेरै पटक चाहे बिरोधि लेख लेख्न तर आज होला समाधान,भोलि होला समाधान भनेर कुर्दाकुर्दै पार्बती भन्दा तलका बरियता क्रममा रहेकाहरु धमाधम बढुवा भए,गरियो तर नाक,आँखाको लम्बाइ र पहुँच,बलको उच्च मान्यता र मुल्यांकन दिएर तर नाक थेप्चोको सन्तान भएकै कारण र त्यसमाथि पनि कुनै पनि सत्ताधारी बाहुने नेताहरूको चाप्लुसी,दासत्व नस्विकार्नु कै कारण बर्षौं देखि सर्बोच्च अदालतमा न्यायको अपिलमा धमिरा लाग्ने सम्म हुंदा पनि वहॉंको अपिलमाथि सुनुवाई भएन । वहाँको अपिल न पल्ट्याइयो न न्याय नै दिइयो । आजसम्म कानुनका ठेकेदार बस्ने गुफा सर्बोच्च अदालतले जसलाइ देखेर ४ प्रश्न सोध्न मन लागेको छ कानुनका ती ठेकेदारहरुलाई ।

१.यतिधेरै बिभेद हुंदा गरिदा पनि न्याय नपाउदा सर्बोच्च अदालतको औचित्य के त ? आम सर्बसाधारण नेपाली जनताहरुको निमित्त र के भनेर बुझ्नुपर्ने हो सर्बोच्चको न्यायको तराजुलाइ ? आँखा,कान आदि सबै जनन्द्रिय हुदाहुदै पनि सुतेको नाटक गर्ने महाभारतका एक पात्र जो दुई आँखा भएर पनि अपाङ्गताको नाटक गर्ने गान्धारी वा राजनीतिक गर्ने सत्ताधारीहरुको दास भन्ने सर्बोच्च अदालतको न्यायिक कानुन लाई ?

२. प्रहरी प्रशासन भन्ने बित्तिकै अन्याय अत्याचार अपराधहरुको निराकार हुन भनेर बुझिन्छ तर आज यहि निराकार प्रहरी प्रशासनको पद बहाली सत्ताधारिहरुको अंश को भागबन्डामा पारि विभेद हुँदा गरिदा पार्बति थापा मगरको इमानदारिता र कर्तब्य निष्ठाको मुल्यांकन किन गर्न सकेन प्रशासनले र यतिका बर्ष सम्म अपिल त्यसै कुहिएको अवस्थामा राखेको देख्दादेख्दै पनि किन मौन छ प्रहरी प्रशासन ?

३. हरेक बर्ष लैङ्गिक बिभेदको विरुद्धमा अन्तरास्ट्रिय नारी दिवसका दिन महँगो होटेलहरुमा सेमिनार गरि ठुलठूलो कार्यक्रमहरुमा महिला नेतृ हु भन्नेहरूको चर्को भाषण सुन्न र देख्न पाइन्छ कि हामी नारीहरुले आधा आकाश ओगटेको छौं,हुँदा हाम्रो अधिकार बराबर हुनुपर्छ चाहिन्छ ५ को हिसाबमा राख्न पाइन्न भनी चर्को आवाद दिनेहरुले किन त्यही प्रतिशतको आधारमा पाएको अधिकार पनि नदिदा नपाउदा पार्बती थापामगर प्रती गरिएको अन्यायको विरुद्धमा आवाज आज किन उठाउंदैनन् यी नारी नेतृहरुले ?

४. हाम्रो देशमा तीन देविहरुले उच्चस्तरीय पद सम्हालेका छन रास्ट्रपति,सभामुख र प्रधान न्यायाधीश । यी तीन देविले राज गरेको देशमा बारम्बार महिला लैङ्गिक बिभेदमा पारिदा पनि मौन व्रत बस्दा यी देविहरुको गद्दिसिन मै प्रश्न उठाउन मन लाग्छ कि तपाईं वरिष्ठ देविहरु कसको हातको कठपुतली हुनुहुन्छ ? आज पार्बती थापा जस्ता होनहार महिला माथि सर्बोच्च अदालतले न्याय दिन नचाहेको न्यायका ठेकेदार हु भन्नेहरू र सत्ताधारीहरुले न्यायको प्रतिमुर्तिलाई नै जुवाघर सरि खाल हाली अत्यावश्यक अत्याचार बिभेद गर्दा सम्म मौनधारणमै लिप्त आखिर कहिले सम्म ?

हुन त यी तीन देविहरु प्रति आसा,भरोसा कदापि छैन मलाई किनकी यिनै देविहरुको राजमा अधिकाङ्स महिलाहरु बलात्कारको शिकार भइ हत्या हुदासम्म केही ठोस कार्यनीति कानुन बनाउन सकेको छैन ।अपराधहरुको बिरुद्ध कुनै आवाज नै आयो यहि भएर आंखामा पट्टि बांधेर गान्धारी सुत्र अपनाउनेहरु प्रति आसा भरोसा कदापि राख्ने गरेको छैन र राख्दिन पनि कारण नाम मात्रैको मुर्तिहरु सङ्ग न आस राखिन्छ न बरदान मागिन्छ भन्दै पर्वति थापा मगर माथि राज्यसत्ता धारिहरुले गरेको बिभेद र नाक,आंखाको चिम्सोको नापतौल गर्ने सर्बोच्च अदालतको अङ्सियारीमा पारिएको अन्याय बिभेद प्रति यसै संजाल मार्फत घोर भत्सर्ना गर्दछु म शरिन कि सर्बोच्च अदालतको कानुन पेवा नबनाइयोस कोहि कसैले पनि भोलि त्यही पेवा र मेवा विष नबन्ला भन्न सकिन्न होशियार कानुनका ठेकेदारहरु ।
-शरिन तामाङ (हाल-प्रबास)