front full 2nd add Top

एक महिना पहिलेसम्म कुनै नाम नसुनिएकी रन्जु दर्शनालाई मत दिएर किशोर थापादेखि राजुराजसम्मको कांग्रेसी विर्तावादलाई दनक दियो काठमाडौंले


नेपालभरि र विशेषत दक्षिण एशियामा नै काठमाडौं यस्तो शहर हो जसका बारेमा अनेकखालका किम्वदन्ती र मिथकले भरिभराउ छ । सन् ७० को दशकमा हिप्पीहरुका लागि स्वर्ग मानिएको काठमाडौं मिहिनपाराले एक्काइसौं सदीको मध्यान्तरतिर प्रवेश गर्नै लाग्दा पनि विदेशी पर्यटकहरुकालागि पुरानो रस कायमै भएको विदेशी मिडियामा पढ्न पाइन्छ । राजनीतिक आन्दोलनका हिसाबले दुई तिहाई बहुमत ल्याएको विपी कोइरालाको सरकार अपदस्थ हुंदा पनि काठमाडौं मस्त निद्रा र पुसको चिसोमा सिरकभित्रैबाट मजा लिनुमा अल्हादित भएको थियो । पाकिस्तानका जुल्फीकर अलि भुट्टोलाई फांसी दिंदा नेपालका कुनै बीरांगानको प्राण पखेरु उडाएको जस्तै बेगमा सडकमा पोखिएको काठमाडौंले बीरेन्द्रको अकल्पनीय शक्तिशाली सिंहासन हल्लाइदिएको थियो । तर जनमतसंग्रहको नतिजापछि चुपचाप मुन्टो बटारेर तमासा हेरेको थियो काठमाडौले ।
२०४६ सालको जनआन्दोलनमा जुरुक्कै उठेको काठमाडौंले लौह पुरुष भनिएका गणेशमानको मर्ममा हिर्काउनुमा मजा मानेको थियो । त्यतिमात्र कहां प्रधानमन्त्रीको कुर्सीमा बसेर वियर खान्छु भन्ने बाहुन भन्दै कृष्णप्रसाद भट्टराईको बानप्रस्थाश्रमको बाटो खोल्नमा मजा मानेको थियो काठमाडौंले । मदन भण्डारी र उनको निधनपछि विद्या भण्डारीलाईमतदान गर्नमा मजा लिएको काठमाडौंले ०६४ सालमा कांग्रेस र एमालेलाई दनक दिनकै लागि माओवादीलाई नराम्रोसंग हौस्याइदिएको थियो । ०१७ देखि ०६४ सम्मका कुनै पनि चुनाव वा राजनीतिक घटनाक्रममा काठमाडौैंले राजनीतिक आन्दोलनको कुनै लय समातेन । बरु चकचकी र उटपट्याङ गर्नमा नै बढ्ता रुचि देखायो । त्यतिमात्र कहां काठमाडौंमै पञ्चायतका हस्तीलाई खुच्चिङ गर्न नानीमैया दाहाललाई पनि रापंस बनाइदियो काठमाडौंले । ०६४ देखि ०७० सम्मको माओवादी मैमत्ताको बदला लिन ०७०को चुनावमा काठमाडौंले कांग्रेस र एमालेतिरै टाउको हल्लायो । माओवादी जिल्लियो । शायद विउंझने कोशिश पनि ग¥यो कि ? नभएपनि अहिलेको निर्वाचनबाट पक्कै पनि आफ्नो धरातल डगमगाएको र काठमाडौंले आफूहरुप्रति हल्का ठट्टा गरेको बुझ्न बाध्य बनाइदिए होला । 
कुरा काठमाडौंको त्यतिमा मात्र सिमिति छैन । ०७० को चुनावमा काठमाडौंले एउटा भोट गाईलाई एउटा भोट भाईलाई गराइदिएर कमल थापालाई नै चक्मा दियो । यही सिलसिलामा हालै भएको स्थानीय चुनावमा काठमाडौैले आफ्नो सनातनी चरित्रमा कुनै बदलाव ल्याएन । कताबाट कसरी कसलाई दनक दिने भन्ने नै रुझान देखायो । गाईलाई त काठमाडौंले बाई बाई ग¥यो नै । कांग्रेसको उमेदबार छनोटमा भएको चाक्सीबारीको बंश परम्पराको धङधङीलाई धुलीसात मात्र पारेन किशोर थापा जस्ता अव्वल उमेदबारलाई समेत तिरिमिरी पार्दै रन्जुलाई हौस्याइदियो । यसो गर्दा काठमाडौंले केही पनि गुमाउनु पर्दैन । केवल सडक पेटीबाट मजा लिन पाइन्छ । मै हुं भन्ने दल र हेवीवेट भनिएका उमेदबारलाई कुरी कुरी गर्न पाइन्छ । त्यसकारण यति भन्न सकिन्छ कि काठमाडौंले केवल मत मात्र दिंदैन । मत सहित दनक दिन्छ  । प्राविधिक रुपमा त्यो मतदान वा चुनाव भएपनि व्यवहारत त्यो देखाइदिने एउटा राम्रो खेलमा काठमाडौैले मजा लिएर जित्छ । यस्तो जितमा काठमाडौंले सधैं हारिरहेकोमा उसलाई कुनै मतलव छैन । 
अंध्यारोमा रुमलिएको काठमाडौं राम्रो कि रङ्गीचङ्गी उज्यालो, खुला सडक सजिलो कि ठेलमठेल काठमाडौं भन्ने प्रश्नमा काठमाडौंलाई त्यति धेरै मतलव छैन जति घोडाबाट कसैलाई थचार्नुमा मजा छ । भलै त्यो काठमाडौंकै लागि जतिसुकै उपयोगी र आवश्यक नै किन नहोस् । 
दनक प्रवृत्तिको काठमाडौमा यहांका रैथानेको भन्दा सबैभन्दा बढी सत्ता उपभोगको स्वाद लिइरहेका र कुनै घोडसवारले बताएकै सही सुकिलामुकिलाहरुले नै यस्तो गर्दछन् । अघिल्लो पटक काठमाडौंमा जसले गाईलाई मत दिए तिनीहरुमधयै अधिकांशलाई कहिल्यै गाईको पवित्रताको चरित्र कायम गर्नु पर्छ भन्ने क्लेशमात्र पनि हेक्का थिएन । हरेक वर्ष कम्तीमा महिनैपिच्छे देखि कमसेकम एकपटक भएपनि विदेश शयर गर्ने, अनेकन बान्कीका कांटा चम्चा ठोकेर सबै प्रकारको मांशहारलाई मजा लिने तप्का नै सबैभन्दा अधिक थियो भन्नुमा कुनै अप्ठेरो मान्नु पर्दैन । यस पटक काठमाडौंमा इस्टकोटले पाएको भोट पनि सम्भवत यहींका रैथाने वा केवल टिनएजर मात्र नभएर तिनै एक भोट गाईलाई अर्को भाईलाई भन्नेहरु नै थिए भन्न सकिन्छ । किनकि इस्टकोटको उदय वा पराजयबाट काठमाडौंले केही पनि अप्ठेरो मान्दैन । उसको फूर्ति सुन्नु परेको छैन, पर्दैन पनि । तर रुख सूर्य वा हथौडा जस्ताको शेखी त काठमाडौंले पटक पटक झार्नै पर्दछ । यो उसको निर्दिष्ट र स्थायी लक्ष्य हो । शायदै सूर्य चिन्ह लिएर उठ्नेमा पहिले चर्चामा रहेका हेवी वेटहरु भएको भए उसको उदय असम्भव थियो भन्न केही दकस मान्नै पर्दैन । राम्रो के भयो भने फुर्तिफार्ति नगरीकन बसेको केवल वडाध्यक्ष सम्म भएको मनुवा सूर्य चिन्हधारी परेछ, तर उता रुख बोक्ने त ०३६ सालको धङधङी बोकेर चाक्सीबारीको ध्वांस दिने दुखिया परेछ । त्यही भएर काठमाडौैले उसलाई दनक दिनु आफ्ना कर्तव्य ठान्यो । दनक दियो । 

अझ रमाइलो त बालुवाटार र सिहंदरबारको निरन्तर तर चाट्ने र चाटिरहेको बर्ग नै इष्टकोटको महिमा मण्डनमा रमाइरहेका दृश्य कम रोचक थिएनन् । त्यो बर्ग बालुवाटारमा डेरा जमाएर सत्ताधारीको चुस्कीको केस र गिलास बोक्छ, छद्यम भेषमा उसैलाई दनक दिने कर्म पनि गरिरहेको हुन्छ । मिडिया वा कर्मचारी तन्त्रमा सबैभन्दा बढी यस्तो प्रवृत्तिको हावी छ । आफ्नो नुनको सोझो समेत नगर्ने भुईं फुट्टा जमातले नै एक क्रियाशील राजनीतिक धारलाई भुत्त बनाउंदै लगेकोमा हाम्रो राजनीतिक नेतृत्व कहिल्यै सचेत बन्दैन । त्यो अर्को अल्लारेपन हो । 
काठमाडौंले आफ्ना फोहर मैला धुने धोवीको खोजीमा नै छैन भन्ने कुरा यसपटक धेरैै हिसाबले स्पष्ट गरेको छ । तीन दशक लामो कर्मचारीसेवामा बेदाग रहेका औंलामा गन्न पाइने मध्येका एक किशोर थापा थिए । त्यतिमात्र होइन योग्यता र क्षमतामा विशेषगरी काठमाडौं शहरको पांचतारे होटलमा बसेर गरिने कल्पना नै सही, त्यसलाई धेरै हदसम्म भेट्न सक्ने सिल्पी  पनि किशोर थापा नै थिए । तर काठमाडौंले उनलाई यो हाम्रो नेता हुने भन्ने ढंगले लिएरै हुनु पर्दछ । एक महिना पहिलेसम्म कुनै नाम नसुनिएकी रन्जु दर्शनालाई मत दिएर किशोर थापादेखि राजुराजसम्मको कांग्रेसी विर्तावादलाई दनक दियो । यसो पनि भन्न सकिन्छ । इष्टकोटको मत रुखदेखि गाई हुंदै क्यामेरासम्मका लागि दनक हो । यो अलौकिक संयोग प¥यो कि त्यही दनकको भुङ्ग्रोमा सूर्य उदाउन  पायो ।