front full 2nd add Top

नेताका छोराछोरी भएकै कारणले जायज नाजायज फाइदा लिने अधिकार भने कसैलाई पनि हुन सक्दैन

समाज परिवर्तनको लागि एकजना मान्छे निरन्तर पाटी संगठनमा लाग्छ । समाजका अरु मानिसहरु सहर उ पनि प्राकृतिक न्यायकै आधारमा अगाडि बढ्दै जादा बिहे हुन्छ बच्चा हुन्छन यो स्वभाबिक प्रक्रिया हो । जव मान्छे नेतृत्व तहमा पुग्छ उ सामाजिक बनिसकेको हुन्छ । समाज परिवर्तनको लागि हिडेकाहरुले आफुले निर्णय गर्दा सामाजिकरुपमा कति असर हुन्छ यो बुझ्न जरुरी छ । मानिसहरुले कुरा उठाए भन्दैमा सबैकुरा सही र सबैकुरा गलतनै हुन्छन भन्ने पक्कै हैन । एकजना नेता नेता हुन उ घर समाज र देशको नेतृत्व गरेको हुन्छ र सबैभन्दा बढी भुमिका समाज र देशसंगै हुन्छ । यहां सम्म आउदा उस्को परिवारको साथ सहयोग र भुमिका पक्कै पनि महत्वपूर्ण हुन्छ । नेता त्यत्तिकै नेताबनेको हुंदैन अनेक कालखण्ड र खण्डालहरु पार गर्ने दौरानसंगै उसले यो भूमिका आफै निर्माण गरेको हुन्छ । र समाजमा धेरैले उसलार्इ साथ दिएर उm यो भूमिका निर्बाह गर्न योग्य बनाएको हुन्छन । 
सामाजिक रुपमा नेताका छोराछोरी यो उ भनेर आज जति बिवाद र बहसहरु सिर्जना भएका हुन्छन् । समाजमा सामान्य रुपमा हेर्दा यी स्वभाबिक प्रक्रिया हुन् । तर नितान्त ब्यक्तिगत रुपमा नेता र नेताका परिवारलाई आरोप लाउने रोग कम्युनिष्टहरुको पुरानै रोग हो जस्तो लाग्छ । अरु पार्टीमा कम्युनिष्टहरुमा जस्तो त्यति बढी सुनिंदैन । सांच्चैभन्नु पर्दा मान्छेहरुले नेता र नेताका परिवारमा चासो दिनु स्वभाबिक हो । तर अरु मान्छेहरु जस्तै नेता र नेताका छोराछोरी पनि मान्छे हुन् भन्ने कुरालाई सामाजिक न्यायको आधारमा बुझेको पांइदैन । यी अक्षर टाइप गर्नु पूर्वनै मैले कसरी नेता र नेताका छोराछोरी माथि आक्रमण गरिन्छ भनेर लेखिसकेकी थिएं । हरेक मान्छेको आफ्नो अधिकार छ, उ के बन्ने भन्ने । नेताका छोराछोरी हुंदैमा नेता हुनै पर्छ भन्ने छैन । तर नेताका छोराछोरी पार्टी संगठनमा निरन्तर रुपमा लागेपछि अरुलाई जस्तै नियम उनीहरुलाई पनि लागु हुनु पर्छ यो स्वभाबिक हो । मान्छेहरुले नेता र उनीहरुका छोराछोरीलार्इ तथानाम भनिरहन्छन्। पार्टी जुनसुकै होस । एकजना नेता जनताको काम गर्छु भनेर घर छोडेर हिंड्दा त्यसको प्रत्यक्ष असर उसको परिवार र बालबच्चाहरुलाई कति परेको हुन्छ यो महसुस गरिदैन । नेताका छोराछोरी निरन्तर पार्टी संगठनमा हुंदा पनि बाउ आमा नेता भएको कारण उनीहरु माथि आए भनिने, काम नगरेर बस्दा जनताका छोराछोरीलाई काम गराउनेले आफ्नालाई गराउन सकेको छैन भन्ने, यो कहांको नियम हो ? मैले रेणुलाई खुला सुझाब भनेर यस भन्दा अगाडि लेख्दा पनि नेताका छोराछोरी नेता संगै नभएर बाहिर हुंदा पनि उही नेतासंग जोडेको कुरा थियो । यहां के देखिन्छ भने नेताका छोराछोरी लगातार काम गर्नु पर्छ तर माथि आउनु हुंदैन आए नेताले बनाएको । फिल्डनै फरक भए पनि चर्चामा छन् भने उनीहरुलाई उहि नेताले बनाएको । सामान्य जीवन बिताउनेलार्इ पनि कहिलेकाही छिमेकीलाई रिस उठ्यो भने उही नेताको दोष । सांच्चै एक्काइसौ शताब्दीमा आइपुग्दा पनि यतिधेरै तल्लो स्तरमा हामी किन सोच्दैछौ ? नेताका छोराछोरीले गल्ती गर्छन् नेतालाई दोष ,राम्रो काम गर्छन् नेतालाईनै दोष किन ? आज रेणुदाहाल चर्चाको शिखरमा छिन । उनी त्यहांको उमेदवार बन्नु उनको पार्टीको कुरा हो । तर उमेदवार हुन योग्य बन्नु उनको कुरा हो । रेणु दाहालको निरन्तरता पार्टीप्रतिको लगाव र जनतासंगको सामिम्यता हेर्दा लाग्दैन उनी मात्र प्रचण्डकी छोरी हुन् ।  तर स्थानीय निर्वाचनमा उनलाई उमेदवार बनाइदा उनको निरन्तालाई बिर्सेर उनको पार्टीप्रतिको लगाव र पार्टी लिडर हुन भनेर बिर्सेर यौटा नेताकी छोरी भनेर प्रचार गरिंदा हामी र हाम्रो हैसियत स्पष्ट भएको छ । यहां सवाल लैगिंकताको पक्कै हैन, उनी त्यो पदमा रहेर आफ्रनो जिम्मेवारी निभाउन सक्दिनन्  भन्ने पनि पक्कै हैन, दोष त उनी प्रचण्डको छोरी हुनुमा हो । आजको प्रचार उनको क्षमताको बिषयलाई लिएर पक्कै हैन उनको संवन्धको बिषयलाई लिएर हो । जुन चाहेर पनि कहिल्यै मेटाउनै सकिंदैन । प्रचण्ड मात्र हैन सबै नेताहरुले आफ्नो हैसियत निर्माण गर्न लगाएको निरन्तरताले उनीहरुको परिवारमा पक्कै पनि उथलपुथल भयो । परिवर्तनको लागि जनताको लागि निरन्तर लागिरहेकाहरु नै नेता र कार्यकर्ता बन्न सक्छन् । चाहे उनको पहिचान नेतासंग जोडियोस् चाहे जनतासंग । त्यसैले निरन्तर जनताको काम गर्ने र जनताकै बिचमा भएका मान्छेहरुलाई पनि नेताका छोराछोरी भएकोकारण यतिधेरै आक्रमण ? बिरोध र समर्थनको यो तरिका साच्चै सुहाउंदैन र यो कत्तिपनि न्याय संगत देखिदैन, यसरी बिनातुक बिना आधार प्रचार गरेर सम्वन्ध माथि पटक पटक प्रहार हुदां र चितवनबाट मेयरको पदमा उठेकी रेणु माथि सम्बन्धकै कारण भएको आक्रमणले मलाई बिगतको यौटा सानो कुरा आज पनि याद आयो । मेरी दिदीको कपाल अलि घुम्रिएको थियो । काटेपछि आफै घुमाउरो बन्ने । त्यतिबेला उनको कपाललार्इ लिएर पार्टीमा बहस हुन्थ्यो नेताकी छोरी भएर कुइनकट कपाल काट्ने भनेर? कति समय त हामीलाई कुइनकट भनेको पनि थाहा भएन । पछि थाहा पायौ कपाल रानीको जस्तो भयो रे । हामीलार्इ थाहानै नभएको कुरा थियो यो । अति भए पछि उनले कपाल काट्नै छोडेर बांध्न थालिन । सांच्चै यो कम्युनिष्टहरुको आजको रोग हैन । निरन्तर पार्टी संगठनमा लागेर आफ्नो धरातल नछोडीकन मैदानमा आएकाहरुलाई नेताका छोराछोरी भनेर संवोधन गर्दै अनेक आरोप लगाउनु कहाको न्याय हो ? बहस सुरु पक्कै पनि भएको छ । समाज परिवर्तनको लागि लागेकाहरु चाहे पार्टीमा हुन चाहे बाहिर हुन,चाहे समाज सेवामा हुन कसैको ब्यक्तिगत सम्वन्ध उचालेर बिचारमाथि प्रहार गर्ने काम कमजोरहरुले मात्र गर्छन । आफ्नो अपराध ढाकाछोप गर्न अनेक हथकन्डा मच्याउनेहरुले मात्र अरुमाथि यस्ता निर्लज्ज आरोप लगाउन सक्छन । बिचारको दुनियाका मान्छेहरुले ब्यक्तिगत सम्बन्ध उचालेर आफ्नो फाइदा लिन पक्कै पनि खोज्दैनन् । हो नेताका छोराछोरी सचेत हुनैपर्छ । उनीहरुले गर्ने काम र ब्यवहारले पक्कै पनि समाजमा प्रभाव पारेको हुन्छ । तर आफ्नो स्वार्थ अनुसार भएन भने नेताका छोराछोरी भनेर आरोप लगाउनु पक्कै पनि राम्रो हैन । त्यसैले जो कसैको पनि ब्यक्तिगत संवन्धलाई उचालेर सामाजिक हैसियत र बिचार माथि बारम्बार प्रश्न उठाउनेहरु कुनै पनि पार्टीका राम्रा मान्छे हुनै सक्दैनन । डाह, रिस र जलनमा चल्ने उनीहरुको कुनै पार्टीगत बिचार सिद्धान्त त्यहां लागु भएको हुंदैन र त्यस्ता मान्छेहरु क्षणिक स्वार्थको लागि जे गर्न पनि तयार हुन्छन् । हो संगसंगै पार्टी नेताका छोराछोरी भएकै कारणले जायज नाजयज फाइदा लिने अधिकार भने कसैलाई पनि हुनसक्दैन । राजनीतिक रंग र बर्को ओढेर जस्तोसुकै कुकर्मलाई ढाकछोप गर्न पाईंदैन । यो पनि एउटा बहसको विषय बन्न सक्ला ।