front full 2nd add Top

काठमाडौ । अभिनेत्री नम्रता श्रेष्ठले पुन एकपटक दर्शकको मन जितेकी छिन् । यसअघि चलचित्र ‘क्लासिक’ मा आँखा नदेख्ने युवतीको चरित्र निर्वाह गरेकी नम्रताले यसै साता प्रदर्शन भएको चलचित्र ‘पर्व’ मा मानसिक रोगी युवतीको चरित्र निर्वाह गरेकी छिन् ।
थ्रिलर शैलीको उक्त चलचित्रमा नम्रताले यसअघि निर्वाह नगरेको भूमिकामा प्रस्तुत भएर एक प्रकारको चुनौती मोलेकी थिइन् । निर्देशक दिनेश राउतले पनि यी सुन्दर अभिनेत्रीलाई मानसिक रोगीको भूमिकामा प्रस्तुत गर्ने ठूलै चुनौती स्वीकार गरेका थिए । दिनेश र नम्रता दुवैले उक्त चुनौतीलाई सफलतापूर्वक पार गरेका छन् । चलचित्रमा नम्रताले अभिनेता कोशिस क्षेत्रीको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।

 

sd addback 1st