front full 2nd add Top

१० हजार दुई सय उत्तीर्ण परीक्षार्थी कोरिया जान पाउने

काठमाडौं २७ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट  सुरु भएको छ ।
शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरेको छ । ईपीएस शाखाका परीक्षा दुई सिटमा सञ्चालन गरेको छ । पहिलो सिट बिहान ८ बजेदेखि ११ः१० सम्म र दोस्रो सिट दिउ“सो १२ बजेदेखि ३ः१० सम्म हुनेछ ।
पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजार पाच सय ८० जनाले आवेदन दिएका छन् । जसमध्ये नौ हजार सात सय ९६ महिला तथा ६५ हजार सात सय ८४ पुरुष आवेदक रहेको शाखाले जनाएको छ । त्यसमा पनि कृषि क्षेत्रमा ५१ हजार दुई सय दुई र उत्पादन क्षेत्रमा २४ हजार तीन सय ७८ जनाले आवेदन दिएका छन् ।

परीक्षामा सहभागीमध्ये १० हजार दुई सय उत्तीर्ण परीक्षार्थी सन् २०१८ मा कोरिया जान पाउनेछन् । जसमा चार हजार उत्पादन क्षेत्रमा र ६ हजार दुई सय कृषि क्षेत्रमा काम गर्न कोरिया जानेछन् । कोरिया सरकारस“ग सन् २००७ मा सम्झौता भई नेपाल सरकार आपैंmले सन् २००८ बाट कामदार पठाउदै आएको छ । अहिलेसम्म ४४ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन् । कोरिया सरकारले सन् २०११ पछि सबैभन्दा बढी कामदार सन् २०१८ मा लाने तयारी गरेको छ । सन् २०१६ मा ६१ हजारले परीक्षा आवेदन फारम भरेका थिए । यो वर्ष १४ हजार बढीले फारम भरेका छन् । गत वर्ष ३५ सय १७ जना उत्तीर्ण भएका थिए भने यो वर्ष झन्डै १० हजार पाँच सय जना उत्तीर्ण हुनेछन् । सन् २००८ को पहिलो कोरियन भाषा परीक्षामा ३१ हजार पाँच सय २५ जना सहभागी भएका थिए ।

 

sd addback 1st