front full 2nd add Top

फाईल-फोटो

काठमाडौं । एशिया कप फुटबल छनौटअन्तर्गत मंगलबार हुने नेपाल र यमनबीचको खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले ७ सय वटा टिकट मात्र बेच्ने भएको छ ।
नेपाल र यमनबीचको खेल हुने स्थान सशस्त्र प्रहरीको हल्चोक मैदानमा दर्शक क्षमता कम भएकाले ७ सय वटा टिकट मात्र बेच्न लागेको एन्फाले जनाएको छ । एन्फाले टिकट दर १ हजार रुपैया तोकेको छ । टिकट इसेवाको वेवसाइटमार्फत तथा इसेवाका काउन्टरहरुबाट आज बिहान १० बजेदेखि लिन सकिने एन्फाले जनाएको छ । खेल हल्चोक मैदानमा दिउ“सो ३ बजे सुरु हुने छ । यमन, फिलिपिन्स र ताजकिस्तान रहेको समूह एफमा रहेको नेपालले आफ्नो पहिलो घरेलु मैदानको खेल यमनसँग खेल्न लागेको हो । फिलिपिन्ससँग मनिलामा खेलेको आफ्नो पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । नेपालले यी ३ टिमसँग होम एण्ड अवेका आधारमा ६ खेल खेल्ने छ । समूहका विजेता र उपविजेताले २०१९ मा हुने एशिया कप खेल्न पाउने छन् ।