front full 2nd add Top

काठमाडौं । बेलायतमा भएको संसदीय चुनावको प्रारम्भिक नतिजाले सत्तारुढ कन्जरभेटिभ पार्टी सबैभन्दा ठूलो दलमा सीमित हुने सम्भावना देखिएको छ ।

चुनावमा प्रधानमन्त्री थेरेसा मे नेतृत्वको कन्जरभेटिभ पार्टीले बहुमत भने गुमाउने देखिएको छ ।

ताजा मतपरिणाममा बिपक्षी लेबर पार्टीले सुधार गर्दै केही सीट बढाउने देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । स्पष्ट बहुमतका लागि ३ सिट २६ सीट जित्नु पर्नेछ ।

संसदको ६ सय ५० सीटका लागि भएको चुनावको मतपरिणामअनुसार अहिलेसम्म कन्जरभेटिभले ३ सय १६ सिटमा जित हासिल गरेको छ ।
सन् २०१५ मा भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले ३ सय ३१ सिट जितेको थियो । सन् २०१५ मा २ सय ३२ स्थान जितेको लेबर पार्टीले २ सय ६१ स्थानमा जित हात पारेको छ । अन्य दलमा लिबरल डेमोक्रेटिकले अघिल्लो निर्वाचनमा ८ सिट जितेको यसपटक १२ सिट जितेको छ ।

एसएनपीले अघिल्लो निर्वाचनमा ३५ सिट जितेकोमा यसपटक ५६ सिटमा जित हासिल गरेको छ । प्रधानमन्त्री टेरेजा मेले गत वर्ष भएको ब्रेक्सिटमा आएको मतपरिणामलाई ध्यानमा राखेर निर्धारित समयअघि नै निर्वाचन गर्ने निर्णय गर्नुभएको हो ।

बहुमत गुम्नेगरी आएको निर्वाचन परिणामसंगै प्रधानमन्त्री मेको राजीनामाको माग सुरु भएको छ। प्रधानमन्त्री मे भने सबैभन्दा ठुलो दलको हैसियतमा सरकार गठनको तयारीमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।