front full 2nd add Top

काठमाडौं । विश्वकप २०१८ को छनौट अन्तर्गत गएराति भएको खेलमा इटालीले प्रभावशाली जित दर्ता गरेको छ ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको इटालीले लिचेस्टाइनलाई ५–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इटालीको जितमा लोरेन्जो इनसिग्ने, आन्द्रेया बेलोटी, एडर, फेडरिको बर्नार्डेस्ची र गाब्बियादिनीले गोल गरे । ३५ औं मिनेटमा इनसिग्नेले गोल गर्दै इटालीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

इटालीले दोस्रो हाफमा थप चार गोल र्गयो । ५२ औं मिनेमा बेलोटी र ७४ औं मिनेटमा एडरले गोल गरेपछि इटालीको अग्रता ३–० मा पुग्यो ।

८२ औं मिनेटमा बर्नार्डेस्ची र इन्जुरी समयमा गाब्बियादिनीले गोल गरेपछि इटाली ५–० ले विजयी भयो । जितसंगै इटालीले समूहको शीर्ष स्थानमा रहेको स्पेनसंग अंक बराबरी गरेको छ ।

समूहको दोस्रो स्थानमा रहेको इटालीको ६ खेलबाट १६ अंक भएको छ । समूह ‘जी’ अन्तर्गत राति नै भएको खेलमा अल्बानियाले इजरायललाई ३–० ले हराएको छ ।

sd addback 1st