front full 2nd add Top

काठमाडौं । एएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गत आज नेपाल यमनसंग खेल्दैछ ।
सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउसो ३ बजे खेल सुरु हुनेछ ।

यमनसंग भएको दुई भेटमा नेपाल पराजित भएको छ । सन् २००० मा एएफसी एसियन कपमै नेपाल यमनसंग ३–० गोल अन्तरले पराजित भएको थियो । यस्तै सन् २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसंग २–० गोल अन्तरले पराजित भएको थियो ।

आज सम्हालिएर खेल्ने र आफ्ना गल्तीहरुलाई सुधार गर्ने नेपाली टिमका कप्तान विराज महर्जन र प्रशिक्षक ग्योतुकु कोजुले बताएका छन् । आजको खेलका लागि स्ट्राइकर अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् ।

उनीसंगै २३ सदस्यीय टिममा एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनिल बल र राजेन्द्र रावलले पनि ठाउ“ पाएका छन् । यस्तै नेपाली टिममा विकेश कुथु, किरण कुमार लिम्बु र एलन न्यौपाने गोलकिपर छन् । डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छन् ।

मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल छन् । फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र बिमल घर्ती मगर छन् । यमनका प्रशिक्षक इब्राहिम नेब्राटोले पनि आफूहरु बलियो रहेको बताएका छन् ।

sd addback 1st