front full 2nd add Top

लन्डन । पश्चिम लन्डनमा अवस्थित एक आवासीय अपार्टमेन्टमा भिषण आगलागी हुदा ३० जना बढी घाइते भएका छन् ।
भवनमा बुधबार बिहान आगो लागेको हो ।
२७ तल्ले अपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन भन्ने बारेमा अझै खुलेको छैन । प्रहरी उद्वार कार्यमा खटिरहेको र विस्तृत विवरण आइनसकेको बताइएको छ । भवनभित्र करिब २ जनाको बसोबास रहेको लण्डन प्रहरीले जनाएको छ। आगलागीपछि कैयौ“ व्यक्ति थुनिएर रहेको आशंका गरिएको छ । आगो नियन्त्रणमा लिन २ सय बढी अग्नि नियन्त्रक परिचालन गरिएको जनाएको छ ।

आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । बुधबार बिहानीपख भवनमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । भवनको २५ औ“ तलाबाट आगो निस्किएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो लागेको तला भन्दा माथि सेतो कपडा लगाएको एकजना व्यक्तिले उद्वारका लागि सहयोग मागिरहेको जस्तो देखिएको प्रत्यक्षदर्शीले अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । बेलायतमा पछिल्ला केही समययता आतंककारी हमलाको त्रास बढ्दो मात्रामा रहेकाले यसमा पनि आतंककारी हमला हुन सक्ने भन्दै अनुसनधान थालिएको प्रहरीले जनाएको छ ।

 

sd addback 1st