front full 2nd add Top

फाईल-फोटो

काठमाडौं ३१ जेठ । एनसेल प्राइभेट लिमिटेडले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न आकर्षक साप्ताहिक वानप्लान कम्बो प्याक ल्याएको छ ।
असार १ गतेदेखि लागु हुने वानप्लान प्याक ल्यएको हो । यसबाट एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवा एकै प्याकमार्फत लिन सक्नेछन । एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकले यो सेवा लिन सक्नेछन् । वानप्लान योजनाअन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार वानप्लान १ सय ५०, वानप्लान ३ सय र वानप्लान ५ सय गरी तीन वटा प्याककोे ब्यवस्था गरिएको छ । वानप्लान १ सय ५० प्याकमा ग्राहकले एक हप्ताको प्याक रु १ सय ५० मा लिएर ५ सय एमबी डेटा, १ सय मिनेट अन नेट टक टाइम र २ सय वटा अन नेट एसएमएस सेवाको मजा लिन सक्ने छ । त्यस्तै वानप्लान ३ सय अन्तर्गत ग्राहकले रु ३ सयमा १ हजार ५ सय एमबी डेटा, ३ सय मिनेट अन नेट टक टाइम र ६ सय वटा अन नेट एसएमएस पाउनेछन । उल्लेखित वानप्लान प्याकका शुल्कहरु सबै करसहित र प्याक सुचारु भएको दिनदेखि एक हप्ताका लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याकहरु कुनै पनि वानप्लान प्याक प्रयोग गर्न सक्नेछन् । यो अफर लागु भएको दिनदेखि ३० दिनका लागि मान्य हुनेछ ।

 

sd addback 1st