front full 2nd add Top

अवको विजेता र पाकिस्तानबीच फाइनलमा भिडन्त

काठमाडौं । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ ।

गएराति सकिएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउ“दै पाकिस्तानले  फाइनलमा स्थान बनाएको हो ।

२ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका अजहर अलीले ७६ र फखर जमानले ५७ रन बनाए ।

यस्तै बाबर आजमले नटआउट ३८ तथा मोहम्मद हाफिजले नटआउट ३१ रन बनाए । यसअघि कार्डिफमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड २ सय ११ रनमा अलआउट भएको थियो 

पाकिस्तानका हसन अलीले तीन विकेट लिएको खेलमा इंग्ल्याण्डका जोए रुटले सबैभन्दा धेरै ४६ रन बनाए । पाकिस्तानको जितसंगै च्याम्पियन्स ट्रफीको उपाधि दक्षिण एसियामा आउने निश्चित भएको छ ।

प्रतियोगिताको अर्को सेमिफाइनलमा आज भारत र बंगलादेश खेल्दैछन् । दिउसो सवा ३ बजेपछि सुरु हुने खेलको विजेताले उपाधिका लागि पाकिस्तानसंग खेल्नेछ ।