front full 2nd add Top

फाईल-फोटो

काठमाडौं । च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् ।
बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो ।  बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४० ओभर १ बलमा एक विकेट जा“दा भेट्टायो । भारतलाई जिताउन रोहित शर्माले १ सय २९ बलमा अविजित १ सय २३ र विराट कोहलीले ७८ बलमा अविजित ९६ रन बनाए । शिखर धवनले ३४ बलमा ४६ रन बनाए । बंगलादेशका मसरफि मोरताजाले एक विकेट लिए ।  टस हारेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट जाँदा २ सय ६४ रन बनाएको थियो । बंगलादेशका तमिम इकवालको ८२ बलमा ७० रन, मुस्फिकुर रहिमको ८५ बलमा ६१ रन, मसरफि मोरताजाले २५ बलमा ३० रन बनाए । भारतका भुवनेश्वर कुमार, जसप्रित बुम्राह र केदार ज्यादवले दुई दुई साथै रविन्द्र जडेजाले एक विकेट लिए । भारत र पाकिस्तानबिचको फाइनल खेल आइतबार हुनेछ ।

sd addback 1st