front full 2nd add Top

काठमाडौं । उत्तर कोरियाको एक बन्दीगृहबाट रिहा गरिएका अमेरिकी विद्यार्थी अटो वार्मबीयरलाई उत्तर कोरियाले भनेजस्तो ’बोटुलिजम’को संक्रमण नभएको चिकित्सकहरुले बताएका छन् ।
उत्तर कोरियाको एक बन्दीगृहबाट रिहा गरिएका २२ वर्षिय अमेरिकी विद्यार्थी अटो वार्मबीयरको मस्तिष्कको तन्तुमा निकै क्षति पुगेको चिकित्सकहरुले बताएका छन् । ओहायोका वार्मबीयरलाई उत्तर कोरियाले १५ महिना थुनेर मुक्त गरिदिएको हो । घर फर्किएपछि उनले कसैसंग केही नबोलेको बताइएको छ । उनको उपचारमा संलग्न एक चिकित्सक डाक्टर ड्यानीयल कान्टरले उनको मस्तिष्क व्यु“झिएको देखिएपनि त्यसले कुनै प्रतिक्रिया नजनाइरहेको बताए ।