front full 2nd add Top

फाईल-फोटो

पोखरा - ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज भएर बनेको ‘ओम डेभलपमेन्ट बैंक लिमिटेड’ ले शुक्रवारदेखि संयुक्त कारोवार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरंजीवि नेपालले शुक्रबार एक कार्यक्रमका बिच संयुक्त कारोवार उद्घाटन गरेका हुन् ।
पोखराको ओम फाइनान्स र मेट्रो डेभलपमेन्ट बैंक मिलेर बनेको ओम डेभलपमेन्ट बैंक र गोरखामा मुख्य कार्यालय रहेर कारोवार गरिरहेको मनास्लु विकास बैंकबीच मर्ज भई संयुक्त कारोवार सुरु गरेको छ ।  मर्जपछि बैंकको चुक्ता पु“जी १ अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड र कर्जा १३ अर्ब ८० करोड रुपैया“ पुगेको बैंकका कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । मर्जर पश्चात् ओमको ३२ र मनास्लुको १० वटा गरी ४२ वटा शाखा कायम भएकोमा तनहु“को तुरतुरे शाखा मर्ज भई ४१ शाखाबाट संयुक्त कारोवार सुरु भएको अधिकारीले बताए । बैंकका कुल १ लाख ९८ हजार ग्राहकमध्ये निक्षेप ग्राहक २५ हजार १ सय, एटिएम ग्राहक १५ हजार र मोवाईल बैंकिङ्ग ग्राहक ३७ हजार ५ सय छ । दुई वटा बैंक मर्ज भएपछि कर्मचारी समायोजन गरी ३२७ जना कार्यरत छन् । संयुक्त कारोवार शुभारम्भ कार्यक्रममा गर्भनर डाक्टर नेपालले बैंकको अवस्था मजबुद बनाउन र निक्षेपकर्ताको विश्वास कायम राख्न मर्जर प्रक्रियाले सहयोग पु¥याएको बताए । उनले देशका सबै स्थानीय तहमा बैंकको शाखा स्थापनाका लागि गृहकार्य भैरहेको समेत जानकारी दिए । कुन स्थानीय तहमा कुन बैंकको शाखा स्थापना गर्ने भन्ने बारे राष्ट्रबैंकलाई सूचि प्राप्त भैसकेको उल्लेख गर्दै गभर्नर डा. नेपालले त्यसका लागि सरकारले आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बताए । बैंकको शाखा स्थापना गर्नु अन्य सरकारी कार्यालयको शाखा खोलेजस्तो सहज नभएको स्पष्ट पार्दै उनले आवश्यक सबै पूर्वाधार तयार गरी सुरक्षाको पूर्ण प्रत्याभूति भएपछि मात्रै बैंकले शाखा विस्तार गर्ने बताए ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले कास्कीका चार वटा गाउपालिका मध्ये तीन वटामा बैंकको उपस्थिति नभएकाले स्थानीय तहका लागि छुट्याएको बजेट कार्यन्वयनमा समस्या पर्ने गुनासो गरे । सरकारले स्थानीय तहमा विनियोजित बजेट क बर्गको बैंकमार्फत कारोवार गनुपर्ने निर्देशन जारी गरेपनि सबै तहमा बैंकको उपस्थिति छैन । जिसीले विकास बैंकलाई पनि सरकारी बजेटको बित्तिय कारोवारको सिमा भित्र ल्याएमा सहज हुने सुझाब दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्थानीय निर्वाचनपछि वित्तिय क्षेत्रमा सुधारको संकेत देखापरेको उल्लेख गर्दै संयुक्त कारोवार सुरु गरेकोमा ओम डेभलपमेन्ट बैंकलाई सफलताको शुभकामना दिए ।
साविकको मनास्लु विकास बैंकका अध्यक्ष एबं ओम डेभलपमेन्ट बैंकका सञ्चालक विजय बाबु मल्लले मर्जरपछि दुई वटै बैंकका सञ्चालकको ब्यवसायीक जित भएको उल्लेख गरे । मर्जरको कारण अझ मजबुद, प्रतिश्पर्धात्मक क्षमतामा बृद्धि साथै ब्यवसायीक आकारमा समेत बृद्धि भएको मल्लको ठहर छ ।
बैंकका सञ्चालक समिति अध्यक्ष सुशिल कुमार गोशलीले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न सधै प्रतिबद्ध रहेको बताए ।
राष्ट्रबैंकको नियम अनुसार राष्ट्रिय स्तरको बैंक बन्नका लागि आवश्यक २ अर्ब ५० करोड चुक्ता पु“जी पु¥याउन निकट भविश्यमै ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरिने उनले जानकारी दिए । कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष भरतराज ढकाल, संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजु, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बैंकको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

sd addback 1st