front full 2nd add Top

काठमाडौँ, ४ असार । केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३।६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ ।

कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २।९५ बिन्दुले घटेको छ ।

यस्तै, आज सबै समूहको सेयरसमेत घटेको छ । बैंकिङ समूह १७।४, होटल १८।३६, विकास बैंक १०।९३, जलविद्युत् ३१।२८, फाइनान्स ०।८५, बीमा १४।७४, उत्पादन ८।७३ र अन्य समूह १।७४ बिन्दुले घटेको छ । रासस