front full 2nd add Top

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुदैछ ।
बेलायतको ओभलमा हुने फाइनल खेल दिउसो सवा तीन बजेपछि सुरु हुनेछ ।

विराट कोहलीको कप्तानीमा रहेको भारत बंगलादेशलाई हराएर फाइनलमा आएको हो । यस्तै पाकिस्तानले सेमिफाइनलमा इंग्ल्याण्डलाई पाखा लगाएको हो ।
भारत र पाकिस्तानबिचको खेललाई एक दिवसीय क्रिकेटको रोमाञ्चक र महाप्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एक दिवसीय ठूलो प्रतियोगिताको फाइनलमा यी दुई देशबिच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । भारत चौथो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो भने पाकिस्तान पहिलो पटक फाइनल खेल्दैछ ।

यसअघि दुई पटक च्याम्पियन बनेको भारतले यो पटकको प्रतियोगितामा लिग चरणमा पाकिस्तानलाई हराएको पनि छ ।

तर पाकिस्तानले भारत विरुद्ध जित निकाल्न सकेको आइसिसीको एक मात्र प्रतियोगिता च्याम्पियन्स ट्रफी भएकाले पाकिस्तान मनोवैज्ञानिक रुपमा लाभको अवस्थामा रहेको विश्लेषण पनि गरिएको छ ।