front full 2nd add Top

लण्डन । लण्डनको ग्रेनफेल टावरमा भएको आगलागीमा परेका ५८ जना अझै हराइरहेको लण्डन प्रहरीले जनाएको छ ।
हराएका व्यक्ति जीवित भेटिने सम्भावना नरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने लण्डन प्रहरीका कमाण्डार स्टुअर्ट कण्डीले बताएका छन् । घटनामा ३० जनाको ज्यान गएको यसअघि नै पुष्टि भएको छ ।
ज्यान गुमाउनेको संख्या ८० भन्दा बढी हुन सक्ने अनुमान प्रहरीको छ । आगलागीका कारण क्षतिग्रस्त भएको ग्रेनफेल टावरमा खोजी तथा उद्धारको काम भइरहेको र अझै एक हप्तासम्म लाग्ने उनले बताए । यसैबिच प्रधानमन्त्री टिरेजा मेले आगलागीको सुरुवाती चरणमा पीडितलाई सरकारको तर्फबाट पर्याप्त सहयोग गर्न नसकिएको स्वीकारेकी छिन् ।
स्वयम् सेवकसंगको भेटवार्तापछि प्रधानमन्त्री मे ले वक्तव्य जारी गरेर सुरुवाती चरणमा सरकारको तर्फबाट केही कमजोरी भएको स्वीकार गरेकी हुन ।
आगालागीका कारण ग्रेनफेल टावरमा बस्दै आएका मानिस घरबार बिहीन भएका छन् । एक सय २७ फ्ल्याट रहेको २४ तले टावरमा आगलागी भएको हो । घटनाको विषयमा सार्वजनिक छानबिन हु“दैछ ।

 

sd addback 1st