front full 2nd add Top

फाईल-फोटो

काठमाडौं ५ असार । दोश्रो चरणको निर्वाचन हुने ३५ जिल्लामा मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज दाबी विरोध पेश गर्ने कार्यक्रम थियो ।

दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको थियो ।

मनोनयन दर्ता गराएका उम्मेदवारले भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

भोलि नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
भोलि नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ ।

स्थानीय तह निर्वाचनका लागी तीन बटा प्रदेशका ३ सय ३४ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

असार १४ गते एक महानगरपालिका ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउपालिकामा निर्वाचन हुदैछ ।

सबै तहमा गरी जम्मा वडा संख्या २ हजार ८ सय ७४ छन ।

मेयर र उपमेयरमा ११९÷११९, गाउ“पालिका अध्यक्ष र उपाध्यक्ष २१५÷२१५ र वडा अध्यक्षमा २ हजार ८ सय ७४ पदमा निर्वाचन हुन लागेको हो ।

त्यस्तै प्रत्येक स्थानीय तहमा दुई खुल्ला सदस्य ५ हजार ७ सय ४८, महिला सदस्य २ हजार ८ सय ७४ र दलित महिला सदस्य २ हजार ८ सय ७४ गरी जम्मा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुदैछन ।

असार १४ गते बुधबार प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुने छ ।
यसअघि पहिलो चरणमा बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भैसकेको छ ।

प्रदेश नम्बर २ मा भने राजनीतिक असहमतिले असोज २ गतेका लागि निर्वाचन मिति तोकिएको छ ।

सरकारले मुलुकलाई संघीय संरचनाका लागि ७४४ स्थानीय तह निर्धारण गरेको छ ।

sd addback 1st