front full 2nd add Top

फ्रान्स । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत ल्याएको छ ।

म्याक्रोनको पार्टीले हिजो भएको संसदीय चुनावमा पाच सय ७७ सिट रहेको नेशनल एसेम्बिलीमा तीन सय भन्दा बढी सिटमा जित निकालेको छ ।

एन मार्चेले मोडेमसंग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो ।

म्याक्रोनको पार्टीले स्पष्ट बहुमत ल्याएपनि पहिलो चरणको चुनावपछि आंकलन गरिए भन्दा कम सिटमा जित हासिल गरेको हो ।

झण्डै १४ महिनाअघि स्थापना भएको पार्टी एन मार्चे संसदमा स्पष्ट बहुमतका सहित ठूलो पार्टी बनेको छ ।

बुहमतका लागि दुई ८९ सिटमा जित्नु पर्नेमा एन मार्चेले तीन सय भन्दा बढी सिट जितेको हो ।

एक महिनाअघि राष्ट्रपतिमा म्याक्रोन ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । फ्रान्सको सत्ताको बागडोर अब स्पष्ट रुपले ३९ वर्षका म्याक्रोनको हातमा आएको छ ।