front full 2nd add Top

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ ।
आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।
पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ ओभरमा मात्रै एक सय ५८ रन बनाउदा अलआउट र्गयो ।

 पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले समान तीन तीन तथा शादब खानले दुई विकेट लिए ।
भारतका हार्दिक पाण्डेयले ७६, युवराज सिंहले २२, शिखर धवनले २१ तथा रविन्द्र जडेजाले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान विराट कोहली पा“
च तथा महेन्द्र सिंह धोनी मात्रै चार रन बनाएर आउट भए । रोहित शर्मा शून्य रनमा आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले फाखर जामनको एक सय १४ रनको मद्दतमा चार विकेटको क्षतिमा ३ सय ३८ रन बनायो ।
अजहर अलीले ५९ तथा बाबर आजमले ४६ रनको योगदान गरे । मोहम्मद हाफिजले नटआउट ५७ रन बनाए ।