front full 2nd add Top

पाँचथर, ५ असार । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसबाहेक अन्य पार्टीले मुलक हाँक्न नसक्ने बताउनुभएको छ ।

हिलिहाङमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसले मुलुकको परिवर्तन गर्दै आएको र अब पनि मुलुकको समृद्धि र विकासका रेखा कोर्ने बताउनुभयो ।

कार्यक्रममा पाटीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, हिलिहाङ गाउँपालिका अध्यक्षका उम्मेदवार समरबहादुर अधिकारी, उपाध्यक्षका उम्मेदवार ताराकुमारी योङहाङलगायतले बोल्नुभएको थियो । रासस