front full 2nd add Top

काठमाडौँ, ५ असार । सामाजिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको शङ्करापुरमा सञ्चारको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

‘लावण्य सन्देश’ साप्ताहिकको सातौँ वर्ष प्रवेशका अवसरमा आज साँखुमा आयोजित कार्यक्रममा शङ्करापुरको विकासका लागि सञ्चार क्षेत्रको विकास हुनुपर्नेमा जोड दिएका हुन् । सो अवसरमा सांसद दीपकप्रसाद कुइँकेलले सञ्चारको विकास भएमात्र शङ्करापुरको विकास हुने भन्दै यस क्षेत्रको विकासका लागि लावण्य सन्देश साप्ताहिकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “शङ्करापुरको विकासलाई अगाडि बढाउने जिम्मा लावण्य सन्देश साप्ताहिकसँग छ ।”

शङ्करापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले यस नगरपालिकालाई सुन्दर नगरपालिकाको रुपमा विकास गर्ने आफ्नो पहिलो मुद्दा रहेको बताउनुभयो । उहाँले एफएम, टेलिभिजन सञ्चालनका लागि भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।

उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ऐतिहासिक महत्व बोकेको शङ्करापुर र शाली नदीको विकासका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति ९रासस० का अध्यक्ष कुलचन्द्र वाग्लेले कुनै पनि नगरको विकासका लागि सञ्चार माध्यमको विकास आवश्यक रहेको बताउनुभयो । उहाँले स्वस्थानी ब्रतकथासँग सम्बन्धित लावण्य देशसँग पत्रिकाको नाम जोडिएको भन्दै यसलाई अझै अगाडि लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा राजदास श्रेष्ठ, मानन्धर अभागी, प्रकाशमान शक्वः, राजेश श्रेष्ठ, पुष्कर कुमार खड्का, एलपी माली, गङ्गालाल डङ्गोल, श्रीकृष्ण श्रेष्ठ, इच्छाराम थापालाई सम्मान गरिएको थियो भने स्थानीय समाजसेवी राजदास श्रेष्ठले दिवंगत श्रीमतीको नाममा रु एक लाखको चेक लावण्य सन्देश साप्ताहिकलाई हस्तान्तरण गर्नुभएको थियो । रासस

sd addback 1st