front full 2nd add Top

खजुरा बाँके, ५ असार । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टीले सहमति जनाएर तेस्रो चरणको निर्वाचनमा सहभागी भएको बताउनुभएको छ ।

गृह मन्त्रालयको आयोजनामा आज यहाँ आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले पहिलो र दोस्रो चरणको निर्वाचनमा औपचारिक रुपमा सहभागी नभए पनि वार्ताका आधारमा राजपासँग सहमति भएकाले संविधान कार्यान्वयनको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यही असार १४ गते हुने निर्वाचनलाई ध्यानमा राखी छ जिल्लाको सुरक्षा अवस्था, समस्याका विषय केन्द्रीय सुरक्षा योजनामा थप समावेश गरी अगाडि बढाइने बताउनुभयो ।

गृह सचिव लोकर्दशन रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा निर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतको सहभागिता थियो । गोष्ठीले निर्वाचनलाई लक्ष्य गरी विशेष योजना तयार गर्ने जनाइएको छ । रासस

 

sd addback 1st