front full 2nd add Top

बनेपा, ५ असार । काठमाडौँ विश्वविद्यालय, धुलिखेलको रजिस्ट्रारमा पुनः डा भोला थापा आज नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा काठमाडौँ विश्विद्यालयका कुलपति शेरबहादुर देउवाले डा थापालाई चार वर्षका लागि रजिस्ट्रारमा नियुक्त गर्नुभएको हो ।

गत जेठ मसान्तमा उहाँको कार्यावधि सकिएपछि विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठको सिफारिसमा थापा रजिस्ट्रार नियुक्त हुनुभएको प्रेस संयोजक हरिमन्जुश्रीले जानकारी दिनुभयो । यसअघि पनि उहाँ रजिस्ट्रारका साथै कार्यवाहक उपकुलपतिसमेत हुनुहुन्थ्यो । रासस

sd addback 1st