front full 2nd add Top

काठमाडौं ५ असार । आवश्यकताभन्दा बाहिरका निकायले स्थानीय तह संचालनका विषयमा सिकाउन थालेको भन्दै जनप्रतिनिधि आक्रोशित हुन थालेका छन् ।
संविधान र ऐनले तोकेको काम गर्न कसैले सिकाउन नपर्ने नवनिर्वाचित जनप्रतिनिधिको भनाइ रहेृको छ । विभिन्न कार्यशाला गोष्ठी तालिम भन्दै पढाउन थालेपछि आफुहरु राजनीतिक कार्यकर्ता हो कि मन्त्रालयको कार्यकर्ता भन्दै उनीहरु आक्रोशित भएका हुन् ।
काठमाडौ उपत्यका विकास प्राधिकरणले सोमबार उपत्यकाभित्रका निर्वाचित मेयर उपमेयरलाई दिएको अभिमुखीकरण गोष्ठीमा संखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले तालिम गोष्ठीले काम गर्न नदिएको बताउनुभयो । शहरी विकाश मन्त्रालयका सचिब दिपेन्द्रनाथ शर्माले बोले लगत्तै बोल्नु भएका श्रेष्ठले मन्त्रालय काम अड्काउने निकाय भएको भन्दै आक्रोश पोख्नु भएको थियो । सचिब शर्माले विद्यमान संरचनामा विकाश खर्च हुन नै समस्या परेका बेला स्थानीय निकायले कसरी खर्च गर्छ भनेर  जिज्ञाशा राखे लगत्तै सचिवको जवाफमा मेयर श्रेष्ठले मन्त्रालयले धेरै सिकाउन नपर्ने भन्नु भएको थियो ।
पछिल्लो समय पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न सरकारी निकाय तथा गैरसरकारी निकायले स्थानीय तह प्रभावकारी रुपमा चलाउन भन्दै तालिम गोष्ठी संचालन गर्दै आएका छन् ।

 

sd addback 1st