front full 2nd add Top

काठमाडौं ५ असार । एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थानका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
राजधानीमा एक कार्यक्रम गरी १२ शीर्षकअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको हो ।
तीन वटा संकायअन्तर्गत पहिलो, दोस्रो र तेस्रो वर्षमा सबैभन्दा बढी अंक ल्याएका ३ जना, सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जना र गत शैक्षिक वर्षको वार्षिक नतिजाको आधारमा १÷१ जना गरी ९ जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्तिको राशी १ लाख रुपैया रहेको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बनाउने उद्देश्यले हरेक वर्ष विभिन्न विधामा छात्रवृत्ति प्रदान गर्दै अएको छ ।
 प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पु¥याउ“दै दक्ष जनशक्तिको विकासका लागि योगदान पु¥याउन ५ वर्षका लागि इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुलचोकमा २०७१ सालमा उक्त छात्रवृत्ति कोषको स्थापना गरेको थियो ।  
 

 

sd addback 1st