front full 2nd add Top

चितवन ५ असार । पहाडी भेगमा उत्पादन हुने कृषि उत्पादनहरु बजारीकरण गर्दै आएको पै“चो पसल प्रालिले आफ्नो उत्पादनहरु  चितवनमा पनि ल्याएको छ ।
पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई प्रशोधन गरेर सहर बजारमा पु¥याउने क्रममा पैचो पसल प्रालिले चितवनमा पनि औपचारिक रुपमा आफ्नो उत्पादन ल्याएको हो ।

भरतपुर महानगरपालिका ३, लिला चोकस्थित नेपाल मार्केटीङ्ग एण्ड टे«डिङ हाउसले पैचो पसलको उत्पादनहरु चितवनमा बिक्रीबितरण गर्ने भएको छ ।
एक बर्ष अघि गुल्मी जिल्लाको रिडीबाट हाते प्रविधिबाट उत्पादन सुरु गरेको पैचो पसलले अहिले अत्याधुनिक प्रशोधन कारखानामार्फत २७ प्रकारका खाद्य वस्तुहरु बजारसम्म पु¥याउदै आएको पैचो पसलका संचालक केशवराज न्यौपानेले जानकारी दिनुभयो ।

 पैचो पसलले आठ प्रकारका अचार, पैचो टोमेटो केचअप, भेनेगर, सोया सस, जाम, फापरको पिठो, कोदोको पिठो, परम्परागत सिन्की, मस्यौरा, मकैको आटो लगायतको खाद्यवस्तु प्रशोधन गरी बजारमा बिक्रीवितरण गर्दै आएको छ ।

 

sd addback 1st