front full 2nd add Top

यातनाका कारण मृत्यु भएको परिवारको भनाइ

फाईल-फोटो

कारिया । उत्तर कोरियाबाट रिहा भइ स्वदेश फर्किएका अमेरिकी विद्यार्थीको मृत्यु भएको छ ।
१५ महिना कैद सजाय काटेर गएको हप्ता अमेरिका फर्किएका ओटो वार्मबियरको निधन भएको वार्मबियरको परिवारले जनाएको छ ।
रिहा हुदा ओटो कोमामा रहेको र अमेरिकाको सिनसिनाटीस्थित घर पुगे लगत्तै अस्पताल भर्ना गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुले ओटोमा गम्भीर दिमागी विमारी रहेको बताएका थिए ।
ओटोको परिवारले उत्तर कोरियामा दिइएको यातनाका कारण ओटो कोमामा गएको बताएका छन् ।
उत्तर कोरियाले भने यसको खण्डन गर्दै निन्द्राको औषधिका कारण ओटोको त्यस्तो अवस्था भएको बताएको छ ।
उत्तर कोरियाले वार्मबियरलाई गएको वर्ष आफ्नो देश विरुद्ध प्रोपोगाण्डा बनाएको भन्दै होटलबाट पक्राउ गरेको थियो । उत्तर कोरियाली सरकारले उनलाई १५ वर्षको कठिन श्रम कारावासको सजाय सुनाएको थियो । भर्जिनिया विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी वार्मबियर गएको वर्षको जनवरी २ मा उत्तर कोरिया भ्रमणमा रहेका बेला पक्राउ परेका थिए ।