front full 2nd add Top

कठामडौं ९ असार ।
प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ, नेपालले गृहमन्त्री जनार्दन शर्मालाई निर्वाचन आचारसंहिताविपरीत नचल्न चेतावनी दिएको छ ।
युवा संघ, नेपालले सरकारबाटै निर्वाचन आचार संहिताको धज्जी उडाउने काम भएको आरोप लगाउ“दै आपत्ति जनाएको हो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष राजीव पहारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम गृहमन्त्री शर्माबाट भएको आरोप लगाउनुभयो । उहा“ले शर्मामाथि तत्काल कार्वाही गर्न निर्वाचन आयोगसग माग पनि गर्नु भयो ।
युवा संघ, नेपालले गृहमन्त्री शर्माले बा“केको विभिन्न गाउमा राति समेत निर्वाचन आचारसंहिता विपरीत चुनावी सभामा सहभागी भएकाले कार्वाही गर्नुपर्ने माग गरेको हो ।
अध्यक्ष पहारीले सत्तारुढ काग्रेस र माओवादी केन्द्रले निर्वाचनमा जुटेका आफ्ना संगठनका नेता, कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरेको आरोप पनि लगाउनु भयो ।
उहाले गुल्मीको चुनाव प्रचार अभियामा जुटेका आफना २ जना कार्यकर्तामाथि नेपाली का“ग्रेसका कार्यकर्ताले सांघातिक आक्रमण गरेर कानूनी राज्यको धज्जी उडाएको आरोप लगाउनु भयो ।