front full 2nd add Top

लुम्बिनी १२ असार । मौन अवधी शुरु भए लगत्तै  स्थानीय प्रशासनको आदेश बमोजिम आज बिहान देखि चुनाव भरका लागि नेपाल भारत सीमानाका बन्द भएको छ । 
अषार १४ गते दोसो चरणको स्थानीय निकायको निर्बाचनलाई शान्तिपूर्ण तरीकाले सम्पन्न गराउने उद्देश्यले गृह प्र्रशासनको आदेश बमोजिम स्थानीय प्रशासनले ७२ घण्टा सम्मका लागि आज देखि सम्पूर्ण सीमानाका बन्द गराएको हो ।
जिल्लाको बेलहिया ,कालीदह,भगवानपुर, थुम्हवापिपरहवा, कदमहवा लगायत सम्पूर्ण सीमानाकाहरुमा मा दुबै देशका सुरक्षाकर्मी तैनात गरि नाका बन्द गराईएको रुपन्देही प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले जानकारी गराउनुभयो । 
चुनाव अवधी भर सीमानाका ओहोरदोहोरमा सर्बसाधारणलाई प्रतिबन्ध लगाउनुका साथै चेकजाँच कडा पारि शंकास्पद ब्यक्ति र जत्था माथि कानून बमोजिम नियन्त्रणमा लिन सकिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।