Category Header Banner main news

मोफसल

करेन्ट लागेर मृत्यु

धुलिखेल, ९ असार । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ दूधमिल चोकमा आज करेन्ट लागेर सिन्धुली अमलबासका ३५ वर्षीय विकास ब्लोनको मृत्यु भएको छ । सोही ठाउँको दुग्ध विकास संस्थानको मूलढोका अगाडि रहेको रुख काट्ना लाग्दा हाँगाले विद्युत्को मुख्य लाइनमा छोएर करेन्ट लाग्दा…

भन्सारसित एक्सरे मेसिन छैन

टिमुरे रसुवा, ९ असार । नेपाल र चीनबीचको मुख्य नाका रसुवागढीसम्मको सडक विस्तार, एकीकृत भन्सार कार्यालय स्थापना र सुक्खा बन्दरगाह निर्माणलगायत अन्य अति महत्वपूर्ण भौतिक पूर्वाधार विकासले खासै गति लिन सकिरहेको छैन । चीनले भूकम्पपछि आफ्नो तातोपानी नाकालाई बन्द गरेपछि…

४५ जना भारतीय मजदुरको उद्धार

राजविराज, ९ असार । सप्तरीको पत्थरगाडास्थित डिपीआर इँटा उद्योगमा काम गर्ने ४५ जना भारतीय मजदुरलाई आज उद्धार गरिएको छ । बिना कुनै ज्याला र मजदुरी नदिई बन्धक बनाएर श्रम गराएको भन्दै भारतको सरकारी पक्षबाट गुनासो आएपछि उनीहरुलाई उद्धार गरिएको जिल्ला…

निर्वाचन सामग्री पठाइयो

बनियानी ९झापा०, ९ असार । दोश्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि झापाको पाँच स्थानीय तहमा निर्वाचन सामग्री पठाएको छ । आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा तीन नगरपालिका र दुई गाउँपालिकामा आज निर्वाचन सामग्री ९मतपत्र,…

निर्वाचनका लागि तीन हजार जनशक्ति परिचालन

बैतडी, ९ असार । असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि बैतडीमा तीन हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलका अनुसार बैतडीमा एक हजार ८०० सुरक्षाकर्मी, एक हजार १०० निजामती कर्मचारी…

मोटरसाइकल चोरीको अभियोगमा दुई पक्राउ

पर्सा, ९ असार । मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुईजना युवालाई प्रहरीले आज सार्वजनिक गरेको छ । सिसी टिभी क्यामराको मद्दतले मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका दुबै युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी सार्वजनिक…

चार सय वर्षअघि गुमेको भाषा सिक्दै मगर समुदाय

बाबियाचौर ९म्याग्दी०, ८ असार । म्याग्दीका मगर समुदायले ४०० वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् । बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी…

मोरङमा काँग्रेस उम्मेदवारको निधन

उर्लाबारी मोरङ, ८ असार । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी…

राप्रपाले राष्ट्रियतालाई बिर्सन लाग्यो : स्वतन्त्र उम्मेदवार धमला

भद्रपुर, ८ असार । भद्रपुर नगरपालिकाका लागि स्वतन्त्र रुपमा उपप्रमुख पदमा उम्मेदवारी दिनुभएका मानबहादुर धमलाले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘हाम्रो हैन राम्रो रोज्ने, मालिक हैन सेवक छान्ने’ भावनाअनुरुप आफ्नो उम्मेदवारी आवश्यक भएको बताउनुभएको छ । उपप्रमुख पदमा विजय भएमा नगरको शिक्षा,…

लोकतन्त्र,आर्थिक समृद्धि र समुन्नति एमालेको एजेन्डा–नेता खनाल

इलाम, ८ असार । नेकपा ९एमाले०का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्र, आर्थिक समृद्धि र समुन्नत राष्ट्र एमालेको मुख्य एजेन्डा भएको बताउनुभएको छ । इलामको माई नगरपालिकास्थित सोक्तिममा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले एमालेले चलाएको नौ…